माघ दसदेखि अनिश्चितकालीन आमहड्तालकोसत्ता पाउन माओवादी दिल्ली पुग्ने घोषणा

User Rating: / 0
PoorBest 
नेकपा माओवादीका 'क्रान्तिकारी' एवम् 'राष्ट्रवादी' अध्यक्ष प्रचण्डले नेपालमा आफू सत्ताको मालिक बन्न भारतसाग वार्तालाप गर्ने सार्वजनिक घोषणा गर्नुभएको छ। काठमाडौंको नयाा बानेश्वरमा मंगलबार आयोजित तीनदिने आमहड्तालको अन्तिम दिन कार्यकर्ताहरूको बृहत् भेलाललाई सम्बोधन गर्दै उहााले सो उद्घोष गर्नुभएको हो। तर, प्रचण्डले भारतको कोसाग र कहिले वार्ता गरी कहिलेसम्म आफूले सत्ता प्राप्त गर्ने हो, सो भने प्रस्ट पार्नु भएन। माओवादीका स्थायी समिति सदस्य नेत्रविक्रम चन्द विप्लवद्वारा राष्ट्रपतिलई 'संविधानको हत्यारा' भन्दै सुरु गरिएको कार्यक्रममा प्रचण्डले भन्नुभयो– युद्ध चलिरहेकै बेला र काङ्गे्रस/एमालेको एउटा तप्का प्रतिगमन आधा सच्चिएको भनेर सरकारमा गएको बेला मैले मालिकसाग वार्ता गर्ने भनेको थिएा। त्यो बेला पार्टीहरूसाग केही थिएन। अहिले पनि शक्ति यो सरकारसाग छैन र त्यसकारण अब दिल्लीमा मालिकसाग वार्ता हुन्छ।' प्रचण्डले नागरिक सर्वोच्चता दिल्लीमा पुगेको तर्क गर्दै भन्नुभयो, 'नागरिक सर्वोच्चता उतै छ। अब वार्ता दिल्लीसाग गर्नुपर्ने भएको छ।' म दिल्लीसाग कुरा गर्न तयार छु।' नेपाली सेनामा माओवादी सेनालाई समायोजन गर्न नहुने भनेर भारतीय स्थल सेनाध्यक्ष दीपक कपुरले अभिव्यक्ति दिएको भन्दै प्रचण्डले उहााविरुद्ध आक्रोश पोख्नुभयो। प्रचण्डको तर्क थियो, 'यो नेपाली स्वाभिमानमाथि नाङ्गो हस्तक्षेप हो। तर त्यहीा रहेका हाम्रा प्रधानसेनापतिले किन बोल्न सक्नुभएन, मलाई अचम्म लागेको छ।' काङ्गे्रस र एमालेसाग कुराकानी गरेर 'सत्ता प्राप्त' गर्न नसकेपछि हैरानी व्यहोरेको बताएका अध्यक्ष प्रचण्डले भन्नुभयो, 'जति कुरा गरे पनि केही आउादैन। अब कुरा गर्न दिल्ली जानुपर्ला जस्तो भएको छ। यो भारतविरुद्धको रिस होइन सच्चाइ हो।' भारतसाग कुराकानी भाषणमार्फत सुरु गरेको घोषणा गरेका प्रचण्डले पााचवटा एजेण्डा प्रस्तुत गर्नुभयो। एजेण्डाहरूमा सुगौली सन्धियताका असमान सन्धि खारेज गर्नुपर्ने र गोप्य सन्धिहरू सार्वजनिक गर्नुपर्ने, कालापानीबाट भारतीय फौज हट्नुपर्ने एवम् सीमा समस्या समाधान गर्नुपर्ने, भारतसागको व्यापार असन्तुलन हटाउनुपर्ने र अन्तर्राष्ट्रिय नियमअनुसार पारवहन सुविधा पाउन भारत उदार बन्नुपर्ने, भारत, चीन र नेपालबीच नेपालको जलस्रोतको विकासका लागि उच्चस्तरीय रणनीतिक योजना बनाउनुपर्ने र त्यसमा भारतले सहयोग गर्नुपर्ने एवम् नयाा आधारमा सम्बन्ध स्थापित गर्न तयार हुनुपर्ने प्रचण्डले घोषणा गर्नुभयो। प्रचण्डले माओवादीलाई माओवादीकै व्यवहार गर्न पनि भारत सरकारलाई आग्रह गर्नुभयो। प्रचण्डले 'विगतमा झैं' सरकार बनाउने र ढाल्ने कुरामा अघि नबढ्न पनि भारतलाई चेतावनी दिनुभयो। प्रचण्डले राष्ट्रपतिबाट सार्वजनिक रूपमा आफ्नो गल्ती स्वीकार गर्नुपर्ने तथा अठार दलले 'बिन्तीपत्र फिर्ता गरेर राष्ट्रपतिसाग माफी माग्नुपर्ने' पनि कार्यकर्तालाई बताउनुभयो। संविधान भङ्ग हुने कुनै सम्भावना नभएको तर्फ गर्दै प्रचण्डले भन्नुभयो– 'यदि संविधान भङ्ग भयो भने राष्ट्रपति पनि रहने छैनन्।' यसैबीच प्रचण्डले पुस १० देखि एक महिनासम्म 'राष्ट्रिय जागरण र भण्डाफोर अभियान' सञ्चालन गरिने उद्घोष गर्नुभएको छ। उहााले रायमाझी आयोगका दोषीहरूको भण्डाफोर गर्ने पनि चेतावनी दिनुभयो। प्रचण्डले आफ्नो पक्षमा लाग्न जनतालाई आग्रह गर्दै आफ्नो पार्टीको निर्देशन मान्न नेपाली सेना, प्रहरी एवम् कर्मचारीहरूलाई आग्रह गर्नुभयो। माघ १० गतेसम्म दलहरूबीच सहमति हुन नसके त्यसपछि अनिश्चितकालीन आमहड्ताल गर्ने पनि प्रचण्डले चेतावनी दिनुभयो। कार्यक्रममा माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईले प्रचण्डले बोलेकै कुराको व्याख्या गर्नुभएको थियो। घटना र विचार